Thursday, December 16, 2010

प्रकृतिको आफ्नै विधान छ । जीवनको आफ्नै गति छ। जीवन र जगत लाई नियालेर हेर्ने हो भने जैविक वा अजैविक हरेकमा एउटा आफ्नै नियम छ  लय छ । ग्रहहरु ताराहरु बेछन्द घुम्दा हुन् त पृथ्वी पृथ्वी नहुन्थ्यो हामी हामी नहुन्थ्यौं । झरनाको कलकलमा चराहरुको चिरविरमा मात्र होइन मेघको गर्जनमा पनि एउटा गति छ । लय छ ।
काव्यको पनि आफ्नै बहाब हुन्छ विधान हुन्छ । गद्य कवितामा पनि त एउटा काव्यिक विधान भएन भने कविता कविता नभएर निबन्ध वा कथाको अंश बन्दछ । छन्दको महत्व र प्रभावको आंकलन आजभोली निकै फस्टाएको गजल विधा बाट पनि गर्न सकिन्छ ।
छन्द साहित्यको आफ्नै मीठास छ । छन्दको लय र विधानमा लहरिदाको काव्यिक आनन्द अवर्णनिय हुन्छ ।  आधुनिकता संगै हराउदै गएका शास्त्रीय छन्दहरुलाई गहिरीएर हेर्यौ भने त्यसको स्पर्श मात्रैले पनि हामीमा नयाँ जीवनको संचरण गराउँदछ । मात्र त्यसलाई हेर्ने दृष्टी चाहिन्छ ।
छन्द प्रधान साहित्यिक पत्रिका प्रकाशन को चार पाँच बर्ष अगाडीको प्रयास अध्ययन अध्यापनको व्यस्ततामा अधुरै रहेपछि यसलाई ब्लगकै माध्याम बाट भने पनि ल्याउने एकल जमर्को हो यो यसमा सम्पूर्ण साहित्य प्रेमीहरुको सहयोगको अपेक्षा गरेको छु ।
छन्दलतामा शास्त्रीय छन्द गजल तथा सम्पूर्ण लोक छन्दका रचनाहरु स्वागतयोग्य हुनेछन् ।

2 comments:

  1. सुरेन्द्र जी, यहाँको यो महान कार्यको लागी हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । धेरै भन्दा धेरै काव्यहरू पढ्न पाईयोस्।

    ReplyDelete
  2. मेरो पनि शुभकामना छन्दलता लाई ।

    ReplyDelete

About Me

अनलाइन साहित्यिक पत्रिका सम्पादकः सुरेन्द्र देवकोटा